कांग्रेस नेता अमरेशकुमार सिंहमाथि कारबाही

र्लाही । कांग्रेस नेता अमरेशकुमार सिंहमाथि अन्तरघातको आरोपमा अनुशासनको कारबाही गरिएको छ । २०७४ सालको निर्वाचनमा सर्लाही–४ बाट निर्वाचित सिंहमाथि गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको आरोप लागेको हो ।

कांग्रेस जिल्ला अनुशासन समिति सर्लाहीले गत २ असारमा सिंहलाई निलम्बन गरेको कांग्रेस मधेश प्रदेश कार्यसमितिका अनुशासन समितिलाई जानकारी गराएको छ । गत ४ असारमै जिल्ला अनुशसान समितिले प्रदेश समितिलाई पत्राचार गरे पनि सोमबार उक्त पत्र सार्वजनिक भएको छ ।

सिंहको निर्वाचन क्षेत्र सर्लाही–४ बाट आगामी निर्वाचनका लागि कांग्रेस महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस गरिएको छ ।

उपरोक्त सम्बन्धमा पार्टिको आधिकारीक उमेदवारहरुलाई स्थानीय तह निर्वाचनमा अन्तरघात–असहयोग गर्ने सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद अमरेशलाई जिल्ला अनुशासन समितिले नेपाली कांग्रेसको विधान २०१७ (संसोधनसहित) को धारा ३४ को उपधारा ४ को ख बमोजिम मिति २०७९–०३–०३ गते निलम्बन गरि निर्णयको प्रतिलिपि जानकारीको लागी पठाइएको छ,’ संयोजक जिल्ला अनुगमन समिति (जिल्ला उपसभापति) डा सरोजकुमारले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया