पर्सा । पर्सा क्षेत्र नं ३ (क) प्रदेश सभा सदस्यमा जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश परिषद सदस्य एवं युवा नेता शिवकुमार साहको नाम प्रत्यक्ष तर्फ सिफारिस गरिएको छ । प्रदेश सभा क्षेत्रीय समन्वय समितिले उनको नाम सिफारिस गरेको हो । नाम सिफारिस भएपछि युवा नेता साहले प्रत्यक्ष तर्फको उम्मेदवारीको दावेदारी दिनु पर्ने स्थानीय नेता कार्यकर्ता एवं स्थानीय नागरिकहरुले माग भएको बताए । उनले भने, ‘नेता कार्यकर्ता तथा नागरिकको चाहाना अनुसार नै मेरो नाम सिफारिस भएको हो ।’
उनले मधेशी समुदायमाथि हुँदै आएको विभेदबाट उन्मुक्ति दिलाउने सोचका साथ मधेश र मधेशीको हक अधिकारका लागि आवाज उठाउन उम्म्ेदवारी दिएको उनले बताए । उनले तत्कालिन सदभावना पार्टीबाट सदस्यता लिई सदभावना निकट बिधार्थी मंचको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुदै क्षेत्रीय अध्यक्षको भूमिका निर्वाह गर्दै राजपा नेपाल, समाजवादी पार्टी हुदै जसपा नेपाल सम्म सक्रिय राजनीतिमा भूमिका निर्वाह गरेका छन् ।
पार्टीमा सक्रियता र योगदानकै आधारमा उनलाई समाजवादी युवा संघको मधेश प्रदेश समिति सदस्य हुदै केन्द्रीय सदस्य एवं जसपा नेपालको मधेस प्रदेश परिषद सदस्यको जिम्मेवारी दिईएको बताइएको छ । उनले समय समयमा सामाजिक काममा समेत सक्रिय हुँदै आएका छन् ।
पर्सा
प्रतिक्रिया