बलात्कार आरोपी निवर्तमान क्याम्पस प्रमुख नेगी कारागार चलान

बैतडी । बलात्कारको आरोप लागेका बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका निवर्तमानमा प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ ।

जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

पुर्चौडीमा मजदुरी गर्दै आएकी कैलाली घर भएकी एक महिलालाई गत असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो ।

आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै ती महिलाले दिएको जाहेरीका आधारमा नेगीविरुद्ध इलाका प्रहरी कार्यालय पाटनमा जबर्जस्तीकरणी मुद्दा दर्ता गरिएको थियो ।

आरोप लागेपछि नेगी गत साउन पहिलो साता आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका थिए । आरोप लागेपछि क्याम्पस प्रमुख नेगीले यसअघि असार २७ गते पदबाटसमेत राजीनामा दिएका थिए ।

प्रतिक्रिया