हैसियत गुमाएर गठबन्धन नगर्न कांग्रेसमा दबाब

कठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुले हैसियतभन्दा तल झरेर गठबन्धन नगर्न नेतृत्वलाई सुझाव दिएका छन् । उनीहरुले १६५ प्रत्यक्ष सिट मध्ये नेपाली कांग्रेसको पार्टीको भागमा सय सिट राखेर देशैभर गठबन्धन गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा कांग्रेसले सय सिट नपाउने भए गठबन्धन नगर्न कार्यदलका सदस्यहरुलाई सुझाव दिएका छन् ।

सिट बाँडफाँड कार्यदलको बैठक अगाडि बसेको कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा कांग्रेसले सय सिट लिएर बाँकी सिट बाँड्दा मात्र गठबन्धन कसिलो हुने सुझाव दिएको एक पूर्व पदाधिकारीले जानकारी दिए ।

बैठकमा अधिकांश नेताहरुले कांग्रेसले सय सिट नपाउने हो भने आन्तरिक व्यवस्थापनमा समस्या आउने समेत बताएका थिए । केहि नेताहरुले गठबन्धन गर्दा कांग्रेसले १०६ सीट जित्ने अवस्था रहे पनि सुरुमै ६०–४० को कुरा गरेर कांग्रेसलाई कमजोर पार्न खोजिएको भन्दै असंतुष्टी जनाएका थिए ।

ती नेताहरुले सभापति देउवालाई गठबन्धनका नाममा अन्य दलहरुलाई ६०÷४० प्रतिशतमा गठबन्धन गर्ने बचन दिइसकेको हो भनि प्रश्न समेत गरेका थिए ।

प्रतिक्रिया