अविरल बर्षाका कारण विद्यालयमा क्षती

बझाङ । अविरल बर्षाका कारण बझाङको दुर्गाथली गाँउपालिका ३ रकैलमा रहेको नमादेव आधारभुत विद्यालयमा क्षती पुगेको छ । केहि दिन अगाडी परेको अविरल बर्षाका कारण विद्यालयको कक्षाकोठा ट्वाइलेटमा क्षति पुगेको त्यहाँका स्थानीय बासिन्दाले बताएका छन् ।

स्थानीयका अनुसार विद्यालको भवन, कक्षाकोठा र शैचालयमा क्षती पुगेको भएपनि विद्यालय प्रशासन, वडा कार्यालय र गाउँपालिकाको ध्यान नगएको स्थानीय सञ्जिता धामीले बताइन् ।

धामीले वर्षाका कारण विद्यालयमा क्षति भएको तीन हप्ता भइ सक्दा पनि सम्बन्धित निकाएको ध्यान जान जरुरी रहेको बताइन् । यस विषयमा जानकारी लिन खोज्दा दुर्गाथली गाँउपालिका अध्यक्ष दिलबहादुर थापा तुफानले कुनै पनि प्रतिक्रिया दिन मानेनन् ।

प्रतिक्रिया