आत्तिनु पर्दैन, जालेबगरमा समस्या छैन : मेयर बजाल

बझाङ । बझाङको सदरमुकाम चैनपुर जोड्ने जिल्लाको एक मात्र जयपृथ्वी बहादुर सिंह राजमार्गको जालेबगरमा जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालसहितको टोलीले स्थलगत अनुगमन गरेको जनाएका छन् ।

स्थलगत अनुगमन पछि नदीले सडकको केही भाग बगाएको भएता पनि यातायातका साधन गुड्नलाई समस्या नरहेको र अहिले आत्तिनुपर्ने अवस्था नरहेको मेयर बजालले बताए ।

मेयर बजालले सामाजिक सञ्जाल फेसबुकमा तस्बिरसहित लेखेका छन्, ‘आज जयपृथ्वी नगरपालिकाको एक टोलीले जालेबगर बाटोको निरीक्षण अनुगमन गरियो । बाटोको केहि भाग सेती नदीले बगाएको भए पनि गाडी चल्ने स्पेस बाँकी छ । आत्तिनुपर्ने अवस्था छैन । अझै केही काम बाँकी छ। बर्षा सकिए पछि निरन्तरता दिनका लागि पहल गर्नेनै छौँ ।’

केही दिनअघि मात्र राष्ट्रिय स्तरका सञ्चार माध्यम र स्थानीय सञ्चारमाध्यहरुले भरखरै बनेको ‘सडक सेतीले बगायो जयपृथ्वी राजमार्ग अवरुद्ध’ भन्ने जस्ता समाचारहरु प्रकाशित भएपछि आफूहरुले ‘स्थलगत रिपोटिङ’ गर्न गएको र सडक सूचारु रहेको जनाएका थिए । जस कारण यात्रु तथा स्थानीयहरुमा भने अन्योलता बढेको थियो ।

प्रतिक्रिया