बैतडी । नेपाल भारत जोड्ने बैतडीको झुलाघाट नाका सुचारु भएको छ । पुल मर्मतका लागि मंगलबार साझ ६ बजेबाट बन्द गरिएकोमा बुधबार अपराहन्न ४ बजेदेखी नाका सुचारु भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
पुल मर्मत कार्य सम्पन्न भएपछि झुलाघाट नाकामा आवतजावत शुरु भएको सूचना अधिकारी भारतीले बताए । करीब डेढ सय बर्ष पुरानो झोलुंगे पुल जीर्ण भएकाले भारत सरकारका तर्फबाट पुलको मर्मत कार्य गरिएको छ ।
पुल मर्मत गर्ने बिषयमा मंगलबार दुवै देशका सुरक्षा अधिकारीहरुले सहमति जनाएका थिए । झुलाघाट नाका नेपाल –भारत ओहोरदोहर गर्ने पुरानो नाका पनि हो । यो नाकामा मोटरेबल पुल नहुँदा समस्या रहेको छ ।
प्रतिक्रिया