बैतडी । सुदूर पहाडका तीन जिल्ला जोड्ने दशरथचन्द राजमार्ग ६ घण्टापछि सुचारु भएको छ । आइतबार दिउँसो ३ बजे बैतडीको पाटन नगरपालिका ८ स्थित आरुबाटा नजिक सडक माथिबाट खसेको पहिरोले अवरुद्ध बनेको राजमार्ग राती ९ बजे सुचारु भएको खोडपे प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक ऐनबहादुर पालले जानकारी दिए ।
सडक डिभिजन कार्यालय पाटनले डोजर लगाएर राजमार्ग सुचारु गरेको पालले बताए । राजमार्ग खुलेसँगै बैतडी, दार्चुला र बझाङका गाडीहरु चल्न थालेका पाटन ८ का वडाअध्यक्ष हरिश बिष्टले बताए ।
प्रतिक्रिया