कोलम्बिया राष्ट्रपति चुनावको चर्चा

लोकनारायण सुबेदी

दुरीको कुरा गर्दा हाम्रो देशको राजधानीबाट कोलम्बियाको राजधानी बोगोटा झण्डै झण्डै १४ हजार किलोमिटर टाढा छ । पुरानो प्रचलित भाषा शब्दमा भन्ने हो भने त त्यो देश हाम्रा लागि ‘पाताल देश’नै हो । पृथ्वीको ठीक अर्को पाटामा पर्छ हाम्रो देशबाट त्यो देश । त्यत्ति टाढा रहेको देशमा भएको राष्ट्रपतिको चुनावको कुरा किन गर्नुपरेको होला भन्ने प्रश्न पनि उठ्न सक्तछ । यो अस्वाभाविक पनि होइन । यद्यपि हामी ‘बशुधैब कुटुम्बकम्’ भन्ने मान्यता राख्ने परंम्परा भएको देशका बासिन्दा पनि हौँ, माक्र्सवादी दृष्टिकोणले अन्तर्राष्ट्रियवादी पनि हौँ ।

विश्वब्यापीरूपमा आजको राजनीतिक गतिशीलतालाई हेर्दा बस्तुगत दृष्टिकोणको सुझबुझ राख्ने इमानदार बुद्धिजीवीहरू यो समय दक्षिणपन्थतिरको उछाल आएको प्रति प्रवाहकारी समय हो भन्ने गर्दछन् । यद्यपि कतिपय देशहरू यसको अपवाद पनि देखिने गर्दछन् । किनकि परिस्थिति मानिसको इच्छा अनुसार बन्दैन र परिवर्तन चाहनेहरूले त्यो प्रतिकूलतालाई कसरी अनुकूलतामा ढाल्ने भन्ने कुराको खोजी गर्नुपर्दछ भन्ने बिश्वव्यापी एउटा मान्यताको कुरा हो । अहिले दक्षिण अमेरिकी राष्ट्रका मानिसहरूले त्यस्तै परिस्थितिको खोजी गरेको देखिँदै छ ।

हुन त आजको विज्ञान र प्रविधिको अद्भूत प्रगतिले सारा विश्वलाई नजिक तुल्याइदिएको छ । कुनै सुदूर देशमा हुने घटनाले पनि विश्वको अर्को सुदूरवर्ती देशलाई पनि प्रभाव नपारी छोड्दैन । दुरीको कुरा गर्दा हाम्रो देशको राजधानीबाट कोलम्बियाको राजधानी बोगोटा झण्डै झण्डै १४ हजार किलोमिटर टाढाका छ । पुरानो प्रचलित भाषा शब्दमा भन्ने हो भने त त्यो देश हाम्रा लागि ‘पाताल देश’नै हो । पृथ्वीको ठीक अर्को पाटामा पर्छ हाम्रो देशबाट त्यो देश । त्यत्ति टाढा रहेको देशमा भएको राष्ट्रपतिको चुनावको कुरा किन गर्नुपरेको होला भन्ने प्रश्न पनि उठ्न सक्तछ । यो अस्वाभाविक पनि होइन । यद्यपि हामी ‘बसुधैब कुटुम्बकम्’ भन्ने मान्यता राख्ने परंम्परा भएको देशका बासिन्दा पनि हौँ, माक्र्सवादी दृष्टिकोणले अन्तर्राष्ट्रियवादी पनि हौँ । त्यसैले पनि यसप्रति चासो हुनु स्वभाविक नै भयो ।

त्यसका अनेक कारण हुन सक्छन् । हाम्रा लागि भने यसको एउटा मूल कारण रहेको प्रतीत हुन्छ । त्यो हो, त्यहाँका सर्वकालिक प्रिय लेखक गेब्रियलगार्सिया माक्र्वेज (मार्च १९२७ अप्रिल २०१४)को कारणले हो । उनी जादुमय यथार्थवादी साहित्यिक शैलीका लागि संसारभरी बिख्यात र लोकप्रिय छन् । कतिपयले उनलाई मार्खेज भनेर पनि सम्वोधन गर्ने गर्दछन् । उनी स्पेनिस भाषाका उपन्यासकार र कथाकार थिए । उनको साहित्यका लागि नोबल पुरस्कारले पनि सम्मान गरिएको थियो । ‘हन्ड्रेड इयर्सअफ सोलिच्युड’ अर्थात ‘एकान्तका सय वर्ष’ नामको असाधारण कृति उपन्यासका लागि । त्यसो त उनले लेखेका हरेक शब्द पठनीय र आकर्षक मान्छन् साहित्यका मर्मज्ञहरू । त्यसमा पनि जसलाई ल्याटिन अमेरिका र त्यसको मन मस्तिष्कलाई बुझ्नु छ तिनले उनको अर्को एउटा किताब ‘दि जनरल इन हिज लेब्रिन्थ’ पढ्नुपर्ने बताउँछन् । यसको अतिरिक्त फिडेल क्यास्ट्रोको १७ घण्टा लामो अन्तरवार्ताका साथ लेखिएको उनको भूमिका ‘पर्सनलपोट्रेट अफ फिडेल’तथा ‘फिडेल क्यास्ट्रो’ र ‘माइअर्ली इयर्स’ जस्ता निबन्धहरू पनि पढ्न सकिने साहित्यानुरागीहरू रजनेताको राजनीतिमा साच्चै समर्पितहरू औँल्याउने गर्दछन् ।

यी कुरालाई निजी कारण मानेर छाडिदिने हो भने पनि अर्को एउटा महत्वपूर्ण कारण पनि छ कि २ सय १२ वर्षयताको कालखण्डको इतिहासमा कोलम्बियामा पहिलोपटक बामपन्थी राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएका छन् । दोसो चरणसम्म गएर प्रतिस्पद्र्धी १९ जुन २०२२ आइतबारका दिन वामपन्थी गठबन्धनका उम्मेदवार गुस्ताभ पट्रोबाट पराजित हुन पुगे । पेट्रोले ५० प्रतिशतभन्दा बढी मत पाए भने दक्षिणपन्थी प्रत्यासी भने ४७ प्रतिशतमतमै रोकिन पुगे । उपराष्ट्रपतिमा भने अर्काको घरमा काम गर्ने महिला बामपन्थी उम्मेदवार मिस फ्रान्सिया मार्केजले बिजय हासिल गरिन् । यस पदमा पुग्ने उनी एक मजदुर हुनका साथसाथै एक अश्वेत महिला पनि हुन् । त्यहाँका जनताले र बिश्वभरीकै प्रगतिशील जन समुदायले त्यो जीतलाई साम्राज्यबादी नीतिहरूका बिरुद्धको बिजय भनेर पनि लिएका छन् । भनिन्छ कि नवउदार बादीनीतिको कसाइखाना यसै दक्षिण अमेरिकी देशलाई बनाइएको थियो । अनि साम्राज्यवादी लुटको आरम्भको तारो पनि यही देशलाई बनाइएको थियो । अनि क्रिष्टोफर कोलम्बसको तेस्रो अमेरिका यात्रा पनि यही देशको नजिक भेनेजुएलाको बाटो हुँदै भएको थियो ।

यो महाद्विपलाई यति क्रूरतापूर्वक लुटियो कि अरू सबैको त कुरै छोडौँ तिनका भाषाहरू, जहाँ हजारौँ भाषा–भाषिकाहरू थिए, तिनलाई पनि पूरै मेटाएर छोडियो । आज यस महाद्वीपमा बोलिने पाँच प्रमुख भाषाहरू, स्पेनिस, पुर्तगाली, जर्मन, डच, इटालियन र अंग्रेजी छन, जो हजारौँ किलोमिटर टाढा बाहिरबाट आएका मानिसहरूका भाषा हुन् । त्यहाँका पुराना मूल बासिन्दाका भाषा होइनन् । कोलम्बिया वास्तवमा सामान्य देश होइन । यो मुठ्ठीभर अल्पतन्त्री धन पिचासहरूको जकडनमा परेको यातना गृहजस्तै हो । यो विश्वको नशालु पदार्थ (ड्रग क्यापिटल) को राजधानी पनि मानिन्छ । जहाँ बर्बर ड्रग तस्करहरूको बिगबिगी चल्छ । कुनै बेला ‘बिश्वको सबैभन्दा ठूलो अपराधी’ भनिने पाब्लो एस्कोबार कोकिनको अहिलेसम्मका सबैभन्दा चालबाज ब्यापारी यहीँका थिए । आज पनि सबैभन्दा बढी कोकिनको निर्यात त्यहीबाट हुने गर्दछ ।

यो ड्रग माफियाले सरकारलाई हरेक स्तरमा कब्जा गरेको छ । तिनको बिरोधमा जो खडा हुन्छ त्यसको हत्या गराइने गरिन्छ र यसलाई सामान्य कुरा जस्तै मानिन्छ । बितेको समयमा त्यहाँ जुन–जुन राष्ट्रपतिका पदका उम्मेदवारहरूले यस प्रकारको अराजकतावादी अपराधी डप्फाको बिरोध जनाए तिनको मध्य दिउँसै हत्या गरियो । ती मध्येमा जान एलीसर गेटन, जेमे पार्दो लिल,बर्नार्डो जरामिलो, कार्लोस पिजारो, लुइस कार्लोस्गलन आदिको उल्लेख गर्न सकिन्छ ।

यो देशमा जब कसैले वामपन्थी पार्टी संगठित गर्ने गर्दछ तिनको हत्या गर्ने गरिन्छ । ‘प्याट्रोटिक युनियन’ यसको एउटा उदाहरण हो । बितेको बर्ष मात्र त्यस पार्टीका १ हजार १ सय ६३ नेता कार्यकर्ता मारिएको अभिलेख छ । त्यस हत्यामा राष्ट्रपति पदका दुई उम्मेदवार, १३ सांसद र ११ महापउर रहेका थिए । त्यसैले अहिलेका राष्ट्रपतिको बिजय असाधारण हुनपुगेको हो । यी सबै किसिमका कठिन र ज्यानै जाने अबस्थामा ‘कोलम्बियन कम्युनिस्ट पार्टी, ‘कोलम्बिया ह्यूमाना’ लगायतका सबै वामपन्थी पार्टीहरूले एउटा ‘जन गठबन्धन’ ‘मास कोलिएशन’ बनाएर चुनाव लडेका थिए । पूर्व गुरिल्ला लडाकु पेट्रोलाई राष्ट्रपति तथा जुझारु आन्दोलनकारी किशोरी सुश्री फ्रान्सिया मार्केजलाई उपराष्ट्रपतिको रूपमा विजय गराइयो ।

लामो समयदेखि कोलम्बिया अशान्त छ । आन्तरिक कलह र टकरावले गर्दा कैयौँ लाख मानिस मारिइसकेका छन् । २५ हजार अहिले पनि बेपत्ता छन् । ६० लाखभन्दा बढी आफ्नो रासोबासो भएको ठाउँबाट बिस्थापित शरणार्थी हुन बाध्य भएका छन् । त्यसैले अहिलेको यो चुनाव परिणामलाई ती सबै पीडित नागरिकहरूका लागि एउटा शान्ति बहालीको सन्देश लिएर आएको रूपमा हेर्न थालिएको छ । यो त्यस्तो कोलम्बिया हो जहाँ अहिले ३४ प्रतिशत मानिसहरू गरिबीको रेखामुनि रहेका छन् । १ करोड २७ लाख जति लम्बियन्सले प्रतिदिन दुई डलर मात्र कमाउन सक्छन् र त्यसैमा गुजारा गर्न अभिशप्त रहेका छन् । त्यहीँ समाजको माथिल्लो १० प्रतिशत तप्काको आमदानी औसत प्रतिव्यक्ति आम्दानीभन्दा ४६ गुणा बढी छ । त्यहाँ जनसंख्याको १७ प्रतिशत बेरोजगार छन् र त्यो बेरोजगारीको दर पूरै ल्याटिन अमेरिकामध्ये कोलम्बियामा सबैभन्दा बढी छ । यहाँ झण्डै ३० प्रतिशत नागरिकसँग समुचित आवासको व्यवस्था छैन । यसका अतिरिक्त ६ लाख ६२ हजार १ सय ४६ परिबार अर्थात जनसंख्याको पाँच प्रतिशत जनसंख्या बेघर रहेको छ ।

८१ प्रतिशत यस्ता ग्रामीणहरू छन् जोसँग धाराको पानी पिउने सुविधासम्म पनि छैन । अनि ६८ प्रतिशत जनसंख्या भिडभाडमा रहन बाध्य छन् । अर्कोतिर सहरहरूमा ५० प्रतिशत र गाउँघरमा ८० प्रतिशत श्रम शक्ति असंगठित क्षेत्रमा छ । जसलाई अनौपचारिक अर्थव्यवस्था भन्ने गरिन्छ । तिनमा ठूलो संख्यामा खेत मजदुर, ट्याक्सी चालक, न्यूनपुँजीको सानो व्यापार गर्ने श्रमिकहरू छन्, जसलाई कुनै किसिमको निवृत्तिभरण (पेन्सन) या कुनै प्रकारको सामाजिक सुरक्षाको व्यवस्था छैन । आठ वर्ष अगाडिको अभिलेख अनुसार २०१४ मा कुल श्रमशक्तिको दुइतिहाई यही असंगठित क्षेत्रमा थियो । अब यो अहिले अझ बढेको छ ।

त्यसैले अहिलेको राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको विजयलाई केवल असन्तोष र उदासीनताको परिणाम मात्र होइन, यो त त्यहाँका श्रमजीवी जनताले विगतमा गरेको संघर्षको सानदार विजयको रूपमा लिइएको छ । अप्रिल, मे र जुन २०२१ मा हरेक महिनामा त्यहाँ राष्ट्रिय स्तरका हडतालहरू भएका थिए । ती हडतालहरूको परिणाम स्वरूप सरकारले विभिन्न राहत दिने, अनुदान दिने र बढाउने घोषणाहरू गर्नुपरेको थिो । यो संघर्ष त्यति बेला भयो जति बेला जनआन्दोलनकारीहरू माथि पुलिसले नराम्रोसँग अपराध गरेको थियो, हत्याकाण्डको पूरै शृंंखला नै चलाएको थियो । बर्खास्त गर्ने, निष्कासन गर्ने र दमन गर्ने सारा कुराले सीमा नै नाघिसकेको थियो । यो तीव्र दमन पनि त्यति बेला भएको थियो जति बेला जानकार र इमानदार मानिएका बुद्धिजीवीहरूले भनिरहेका थिए कि यो समय बिश्व दक्षिणपन्थको उभारबाट गुज्रिरहेको समय हो । त्यसैले यो कोलम्बियाले जो मोड अहिले लिएको छ त्यसबारेमा जानकारी राख्नु र त्यहाँ अब श्रमजीवी जनताको आन्दोलन कसरी अगाडि बढ्छ गम्भीरतापूर्वक हेर्नु र सही निष्कर्ष निकाल्नु श्रमजीवी वर्गको हितमा हुन्छ । त्यसैले कोलम्बियाको चुनावले विश्वकै ध्यान आकर्षित गरेको छ ।

प्रतिक्रिया