सिराहामा गाेली चल्याे, एक घाइते

लहान । सिरहाकाे लहान नगरपालिका वडा नम्बर – २२ स्थित बेलीजटियाही टाेलमा गाेली चलेकाे छ । त्यहाँ एक जना घाइते भएका छन् । घटनामा संग्लन रहेका दुई जना पक्राउ परेकाे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विहान ८:४५ बजे नै रबिन्द्र चौधरीकाे घरकाे माथिल्लो तल्लामा स्थानीय १९ वर्षीय सुशान्त चौधरी, १५ वर्षीय सुरज मुखिया र १८ वर्षीय दिलिप मुखिया बसिरहेको थियाे ।

ख्याल-ख्यालमै सुशान्तले गाेली चलाउँदा दिलपकाे नाइटाे भन्दामाथि पेटमा लागेकाे प्रहरीले जनाएको छ । गाेली चलेको धेरै बेरपछि प्रहरीलाई स्थानीयले खबर गरेकाे थियाे । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय लहानकाे प्रमुख डिएसपी कुमार प्रसाद मैनाली घटना स्थल पुगेर छानबिन गरिरहेकाे छ ।

प्रहरीले सुशान्त र सुरजलाई नियन्त्रणमा लिएकाे छ । घाइते दिलिपलाई उपचारकाे लागि धरान पठाएको छ । घटनास्थलबाट प्रहरीले कटुवा पेस्तोल १ थान, ७.६५ एमएम लेखिएको गाेली ५ राउन्ड, म्यागजिन १ थान, गाेलीकाे खाेखा एक थान बरामद गरेकाे छ । घटनाबारे थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया