बझाङको जयपृथ्वी नगरपािलकाकाे बजेट ५५ करोड २९ लाख

बझाङ । बझाङको जयपृथ्वी नगरपािलकाले आगामी आर्थिक वर्षका लागिे ५५ करोड २९ लाख ८१ हजार बजेट प्रस्तुत गरेको छ । शुक्रवार एक कार्यक्रमका विच जयपृथ्वी नगरपालिकाको नगरसभामा उपप्रमुख रतनबहादुर सिंहले उक्त बजेट प्रस्तुत गरेका हुन् । ‘समृद्ध जयपृथ्वी नगरपालिका निर्माणको मूल आधार, दिगो कृषि, पर्यटन, व्यापार र उत्थानशील पूर्वाधार’ भन्ने नारा साथ स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, वन वातावरण, विपद् व्यवस्थापन र सुशासनका क्षेत्रमा उक्त रकम खर्च गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रत्येक वडामा एउटा वहुउदेश्यीय नर्सरी स्थापना, फलफुल तरकारी विरुमा आत्मनिरर्भर बनाई निर्यात गर्ने कृर्षिजन्य वस्तुको ब्यावसायीक उत्पादन उन्नत प्रविधी सुलभ कृर्षि कर्जाको ब्यावस्थापन लगाएत लोपोन्मुख रैथाने वालिजन्य बीउबिजन र जैविक विविधता संरक्षण उद्योग खोलेर आत्मनिर्भर बनाउने, पर्यटनका सम्भावना अध्ययन र प्रवर्द्धन, सहकारीमार्फत गरिबी न्यूनीकरणमा अभियान चलाइने प्रस्तुत बजेट तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पालिकामा स्वच्छ शैक्षिक वातारवरण कामय राख्न शिक्षाको गुणस्थर सुनिश्चित गर्ने १० वर्षे शैक्षिक योजना बनाई कार्यान्यनको लागी आवस्यक पहल गरीने गरीव तथा विपन्न वालवालिकाहरुलाई पोशाक शैक्षिक सामाग्री तथा खाजाको ब्यावस्था गरिने, पालिका भित्रका सामुदाएक विध्यालयहरुवाट एसईई पासगरी एमविविएस कोर्ष पढ्ने विपन्न असाह्य एक जना विध्यार्थीलाई छात्रवृतीको स्थापना गरी बजेट विनियोजन गर्ने र वालविकास केन्द्रका शिक्षक र आधारभुत तहका कम भएका विध्यालयका शिक्षकहरुलाई बहुकक्षा वहुवर्ग शिक्षण समन्धी तालिम सञ्चालन गरीने भएको जनाएको छ ।

स्थास्थ्य सेवा अन्तर्गत विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने, दीर्घरोगीलाई उपचारमा सहयोग गर्ने गर्नेे ६० वर्ष उमेर पुगेका स्वयंसेविकालाई सम्मानसहित बिदा गर्ने नीति तय गरेको छ । शिक्षामा एक विद्यालय एक फूलबारी, नगरस्तरीय शैक्षिक क्यालेन्डर निर्माण गर्ने शिक्षकलाई तालिम दिने र डाक्टर पढन चाहने असाहाय विद्यार्थीलाई छात्रवृत्ति दिने जस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाले करार सेवामा कार्यरत कर्मचारीको कल्याणकोष स्थापना गर्ने, सेवाको गुणस्तर थाहा पाउन तेस्रो पक्षबाट नागरिकको सन्तुष्टि स्तर मापन गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ । त्यस्तै जयपृथ्वी नगरपालिका १० का वडाध्यक्ष पुस्प सिंहले नगरपालिकाको निति तथा कार्यक्रममा पालिकाले दलित आयोग महिला आयोग र पालिका भित्रका एक जानले एमबिबीएस डाक्टर पढाउने कार्यक्रम समेटिएको हुँदा निति तथा कार्याक्रम राम्रो लागेको बताए ।

त्यस्तै वडा ११ का वडाध्यक्ष सर्जन थापाले जनताबाट निर्वाचित जनप्रतिनीधि भएको हुँदा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, समाजवादीबाट टिकट पाए पनि सवै जनप्रतिनिधीहरुले विकासवादी हुनुपर्ने बताए ।

प्रतिक्रिया