काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । आर्थिक वर्ष २०७९/०८० का लागि महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले पेस गरेको नीति तथा कार्यक्रम बुधबार बसेको नगरसभाको ११औँ अधिवेशनले पारित गरेको हो ।
सभामा मेयर शाहले नीति तथा बालेनले नीति तथा कार्यक्रममा उठेका गुनासाहरूको जवाफ दिएपछि पारितका लागि पेस गरेका थिए ।
उनले सदस्यहरूले दिएका सुझावहरूलाई ऐन, नियम र कानुनअनुसार समावेश गरी संशोधन गरिने बताएका थिए । नगर सभा सदस्यहरूले विभिन्न सुझाव राखेका थिए ।
आज पारित नीति तथा कार्यक्रमका आधारमा आगामी असार १० गते उपमेयर सुनिता डंगोलले बजेट ल्याउनेछिन् ।
प्रतिक्रिया