स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षणसम्बन्धि अभिमुखीकरण कार्यक्रम

झाङ । बझाङ जिल्लामा स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षणसम्बन्धि सरोकारवालाहरुसँग एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

आईतवार एक कार्यक्रमकाबीच खप्तडछान्ना गाँउपालिकाको सभाहलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । खप्तडछान्ना गाँउपालिका स्वास्थ्य शाखाको सहयोग र सिर्जनशिल युवा समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको सिर्जनशिल युवा समाजका अध्यक्ष शैलेन्द्र रोकायाले बताए ।

कार्यक्रममा कोल्दै अध्यक्षले रोकायाले अहिलेलाई यो खप्तडछान्ना गाँउपालिकाका चारवटा वडाका स्वास्थ्य संस्थाहरु छनोट भई यो कार्यक्रम लागू भएको अभिमुखीकरण कार्यक्रममा सामाजिक परीक्षण भनेको केहो, स्वास्थ्य क्षेत्रमा सामाजिक परीक्षण किन गरिन्छ, स्वास्थ्य क्षेत्रको गुणस्थर कस्तो छ, स्वास्थ्यकर्मीहरुले गर्ने व्यवहार लगायतको विषयमा छलफल भएको बताए ।

त्यस्तै, कार्यक्रममा गाँउपालिकाका अध्यक्ष उत्तमबहादुर रोकायाले असल स्वास्थ्य सबैलाई अतिआवस्यक रहेको, स्वास्थ्यमा भएका बेथितीविरुद्ध सबैले बोल्नुपर्ने र स्वास्थ्य क्षेत्र सुधारमा सबै लाग्नुपर्ने बताए ।

खप्तडछान्ना गाँउपालिकाका उपाध्यक्ष विष्णु थापाले गुणस्तरिय स्वास्थ्य सबै आम नागरिकको आवस्यकता भएकाले पालिकाले स्वास्थ्य क्षेत्र सुधारमा पहल चाल्ने र यो स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षणले पनि सुधारका लागि केके गर्ने भन्ने विषयमा तय हुने बताए । कार्यक्रममा वडाध्यक्ष, स्वास्थ्यकर्मी र पत्रकारको सहभागीता थियो ।

प्रतिक्रिया