काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य एवं स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीमाथि छानविनन गर्न आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको छ ।
छानविन समितिको सदस्यमा महिला, बालबालिका तथा कानूनमन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् । राज्यमन्त्री वलीले हिजो (मंगलबार) लुम्बिनी प्रदेशकै परपुरुषको घरमा गएर पत्नी र छोरीलाई कुटपिट गरेपछि स्थानीयले ढोका थुनेर वलीलाई प्रहरीको जिम्मा लगाएका थिए । ती महिला र बालिकामाथि कुटपिट गरेको उनलाई आरोप छ ।
राज्यमन्त्री वलीले आफ्नो घरमा आएर आफ्नो श्रीमानलाई मेरो श्रीमान खोइ भन्दै घरभित्र आएर आफूलाई कुटपिट गरेको पीडित महिलाले बताएकी छन् ।
उनले ती महिलाको घरमा गएर तोडफोडसमेत गरेको आरोप छ । उनीविरुद्ध किटानी जाहेरी परे पनि प्रहरीले दर्ता भने गरेको छैन । यही घटनाबारे सत्य तथ्य बुझ्नका कार्यदल बनाएको हो ।
उक्त प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले उनलाई कारवाही गरि बर्खास्त गर्नुपर्ने माग भइरहेका बेला समिति गठन गरेर सरकारले उनलाई जोगाउन प्रयास गरेको आरोप लाग्न थालेको छ ।
प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस भएपछि उनी अस्पताल भर्ना भएकी छन् । उनको मेडिकल विभागका फिजिसियनहरुले चेकजाँच गर्दा रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको मेसु ढकालले जानकारी दिए ।
वलीलाई क्याबिनमा भर्ना गरेर उपचार भइरहेको उनले बताए । रगत लगायत अन्य जाँचको रिपोर्ट आउन बाँकी रहेको अस्पताललले जनाएको छ।
मंगलबार बिहान दाङको तुलसीपुरमा एक महिला र बालिकालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी वलीलाई प्रहरीले मंगलबार राति बुटवल पुर्याएको थियो ।
प्रतिक्रिया