प्युठानमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते

प्युठान । प्युठानको स्वर्गद्धारी नगरपालिका–४ भिंग्रीमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारत घर भएका ६५ वर्षिय बिक्की नाउ रहेका छन् । स्वर्गद्वारी दर्शन गरी भारततर्फ फर्किँदै गरेको भारतीय नम्बर प्लेटको जिप आज बिहान पौने ११ बजे अनियन्त्रित भई पल्टिएको थियो ।

चालकसहित घाइते भएका आठ जनाको स्थानीयअस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया