दार्चुलामा जलेको अवस्थामा महिलाको शव फेला

दार्चुला । दार्चुलामा जलेको अवस्थामा महिलाको शव फेला परेको छ। शैल्यशिखर नगरपालिका– १ बारिलकी ४५ वर्षीया अनिभा खडायतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घर नजिकैको खरको लुटो (कुन्यू) जलेको अवस्थामा ती महिलाको शव भेटिएको बताइएको छ। घटनामा संग्लन रहेको आंशकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । दुई जनालाई सोधपुछको लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया