बैतडी । बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार मध्याह्न १२ बजेर ४९ मिनेटको समयमा बैतडीसहित सुदूरपहाड आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो ।
बैतडीको दोगडाकेदार गाउँपालिकाको देउलेक केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । यसको धक्का बैतडीसहित बझाङ, दार्चुला र भारतको पिथौरागडमा समेत धक्का महसुस गरिएको थियो ।
प्रतिक्रिया