पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

काठमाडौं । सरकारले यस अघि बढाउँदै आएको पेट्रोलियम पदार्थको भाउ बिहीबार घटाएको छ। । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको हो । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०–१० रुपैयाँले घटाउने निर्णय गरेका हो । यो निर्णय बिहीबार राति १२ बजेबाट लागु हुने निगमले जनाएको छ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ । यस अघि अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा दश रुपैयाँं छुटदिने प्रस्ताव गरेका थिए । तर यस पटक मुल्य घटाउनुको कारण केही खुलाइएको छैन् ।

प्रतिक्रिया