बैतडी । बैतडीमा एक १६ वर्षीया किशोरीमाथि बलात्कारको आरोप लागेको छ । मेलौली नगरपालिकाका २२ वर्षीय युवकले ती १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप लागेको हो ।
३ महिना पहिले बलात्कार गरेको बुझिएको छ । आफन्तका अनुसार गर्भवती भएको थाहा पाएपछि घटना बाहिरिएको हो ।
किशोरीका आफन्तले जिल्ला प्रहरी कार्यालय बैतडीमा युवकले बलत्कार गरेको भन्दै निवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी प्रहरी निरिक्षक लोक राज जोशीका अनुसार आरोपीत युवक फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । ‘किशोरीका आफन्तले शुक्रबार निवेदन दिएका हुन्, आरोपीतको खोजी भइरहेको छ’, प्रहरी निरिक्षक जोशीले भने ।
जिल्ला अदालतबाट पनि पक्राऊ पुर्जी आइसकेको र आरोपित युवकको खोजी भइरहेको उनको भनाइ छ । आरोपीत युवक हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरी समेत रहेका थिए ।
उनको बिहे भईसकेको र १ महिनाको छोरी समेत रहेकी छन् । आफन्तका अनुसार बलात्कृत किशोरी आरोपीत युवककी फुपु समेत हुन् ।
प्रतिक्रिया