‘भट्टराईकै नेतृत्वमा सहमतीय सरकार’

काठमाडौं, १२ मंसिर । सहमतीय सरकार बनाउन राष्ट्रपतिले दिएको समयसीमा नजिकिँदै गर्दा एकीकृत माओवादीले सरकारको नेतृत्वमा पुनः सत्तारुढ दलकै हुने पर्ने निर्णय गरेको छ ।
एमाओवादीको पदाधिकारी र प्रभावशाली नेताहरुको आज काठमाडौंमा बसेको बैठकले सकेसम्म सहमतीय सरकारको नेतृत्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई दिनुपर्ने निष्कर्ष निकालेको हो । उसले भट्टराईको नेतृत्वमा सहमतीय सरकार बन्न नसके सत्तारुढ दल मध्यबाटै प्रधानमन्त्रीको उम्मेदवार बनाउनु पर्ने उल्लेख गरेको छ ।
सत्तारुढ दलहरुको गठबन्धनबाटै प्रधानमन्त्री बनाउनु पर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए । सोही विषयमा एमाओवादीले विपक्षी दलहरुसँग परामर्श गर्ने निर्णय समेत गरेको छ ।
‘सहमतीय सरकारको नेतृत्व सत्ता गठबन्धनबाटै हुनुपर्छ,’ एमाओवादीले भनेको छ,’ ‘सकेसम्म कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराइकै सरकारलाई नै निरन्तरता दिनु पर्छ ।’

प्रतिक्रिया