काठमाडौं, । रेडियो सफलता १०३।४ मेगाहर्ज पोखराकी अध्यक्ष एवं प्रबन्ध निर्देशक दुर्गा अधिकारी साउथ एसिया फाउण्डेशन नेपालको बोर्ड सदस्यमा मनोनितभएकीछन् ।
शुक्रवार बसेको साउथ एसिया फाउण्डेसन नेपालको बैठकले उनलाई मनोनित गरेको हो ।
संस्थाका अध्यक्ष डा शशांक कोइरालाको अध्यक्षतामा बसेको बैठकले अधिकारीलाई मनोनित गरेको फाउण्डेसनका महासचिव राहुल बरुवाले जानकारी दिएका छन् ।
बिगत लामो समयदेखि साउथ एसिया फाउण्डेसनले नेपालका विभिन्न ग्रामीण एवं सहरी क्षेत्रमा सामाजिक कार्यहरू गर्दै आएको छ ।
यस फाउण्डेसनमा हालै मनोनित भएकी अधिकारी सञ्चार क्षेत्रसँगसँगै विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् ।
प्रतिक्रिया