मकवानपुर । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नंबर २ कुलेखानी सिमखोलामा योद्धा गाडी दुर्घटना भएको छ । दुर्घटना हुँदा घाईते भएकाहरु मध्ये ४ जनाको मृत्यु भएको छ ।
शनिबार साँझ विरंगजबाट काठमाण्डौ जाँदै गरेको ना ४ च २३१५ नम्बरको योद्धा गाडी दुर्घटना कुलेखानीको सिमखोलामा दुर्घटना हुँदा घाईते भएका ८ जना मध्ये ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
उनले मृत्यु हुनेको पहिचान नखुलेको बताए । उनले ४ जना घाईते हुनेहरुमा एक जनाको काठमाण्डौमा र ३ जनाको हेटौंडामा उपचार भईरहेको बताए ।
मकवानपुर
प्रतिक्रिया