काठमाडौं । प्रतिनिधिसभाको बैठकले किशोरी ‘बलात्कार’ प्रकरणमा शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देश गरेको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभको बैठककमा कांग्रेस सांसद गगन थापाले हालै ८ वर्ष पुरानो यौनहिंसाको घटना सार्वजनिक भएको भन्दै तत्काल अनुसन्धान गर्न माग गरेका थिए । थापाको धारणामा ध्यानाकर्षण भएको जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई यस्तो निर्देशन दिएका हुन् ।
‘माननीयन्यूले राख्नुभएको यौन हिंसा सम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन गर्दछु्’, सभामुख सापकोटाले भने ।
प्रतिक्रिया