स्थानीय निर्वाचनको सन्देशः मिलिजुली स्वतन्त्र नेतृत्व


काठमाडौं, । यस पटकको स्थानीय निर्वाचन सम्पन्न भइसकेको छ। बैशाख ३० गते भएको निर्वाचनको मतगणना समेत अधिकांश स्थानमा सम्पन्न भइसकेको छ।
हरेक चुनावले समाजमा एउटा सन्देश दिने गर्दछ। तर यसपटकको स्थानीय निर्वाचनले मिलिजुलि स्वतन्त्र नेतृत्वमा जोड दिएको देखिन्छ।
सबै राजनीतिक दलहरुले मुखले भने स्थानीय निकयमा दलीय हिसाबमा चुनाव गर्न नहुनेमा जोड दिएका छन् । तर ब्यबहारमा उनीहरु त्यो मान्न तयार देखिदैनन् ।
यस पटक स्थानीय निर्वाचनमा मतदाताले स्वतन्त्र नेतृत्व खोजेको आभास हुन्छ। त्यसैले अपवाद बाहेक कुनै पनि पार्टीलाई एकल बहुमत दिएको देखिदैन। कुनै पालिकाको प्रमुख एउटा पार्टीको भए अर्को पार्टीको उपप्रमुख यस पटकको निर्वाचनको बिशेषता रहेको पाईएको छ।
यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले मुख्य नगर पालिकामा अग्रता हासिल गरीरहेका छन् । उनीहरु जीत नजिक पुगेका छन् । काठमाडौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह अहिले सम्म निकट्तम प्रतिस्पर्र्धी भन्दा निकै अगाडि छन। त्यसैगरी सुदुर पश्चिमको एक मात्र उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल ठाकुर निकै अगाडि देखिएका छन् । त्यसैगरी जनकपुरमा मनोज शाह पनि निकै अगाडि छन् त्यसैगरी धरान उपमहनगरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ अगाढि छन् ।
त्यसैगरी महोत्तरीको बर्दीवास नगरपालिकामा स्वतन्त्र उम्मेदवारहरुनै प्रमुख र उपप्रमुखमा बिजयी बनेका छन् ।
निर्वाचितहरुले शुक्रबारबाट काम थाल्ने
यसैबीच नव निर्वाचित जनप्रतिनिधिहरुले शुक्रबारबाट स्थानीय निकायमा नियमित काम गर्ने निर्वाचन आयोगले जनाएको छ। जेठ ५ मा यस अघि निर्वाचित जनप्रतिनिधिको अवधी सकिएकोले उनीहरुले कसरी काम गर्ने भन्ने बिषयमा अन्यौल थियो। अब उनीहरुले शपथ लिए लगतै काम थालेर जनप्रतिनिधिबिहीन हुनबाट स्थानीय निकायलाई जोगाउने आयोगले जनाएको छ। स्थानीय निकायले जनताका दैनिक ३५ वटा काम गर्नुपर्ने ऐनमा उल्लेख छ।

प्रतिक्रिया