काठमाडौं । काभ्रेको पनौती नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामशरण भण्डारी निर्वाचित भएका छन् । २०७४ मा निर्वाचित भएका एमालेका भीम न्यौपानेलाई पछि पार्दै भण्डारी मेयरमा निर्वाचित भएका हुन् ।
काभ्रेमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन छ । भण्डारीले १४०५० मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी न्यौपानेले ११७८३ मत ल्याए ।
उमपेयरमा भने एमालेकी गिता बन्जारा निर्वाचित भएका छन् । गिताले १२३३७ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका छवीलाल हुमागाईँले १०३८८ मत ल्याए ।
प्रतिक्रिया