नवलपुर । कावासोती नगरपालिकाको मेयरमा नेकपा एमालेका विष्णुप्रसाद भुसाल विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र पोखरेललाई ३ सय ४ मतान्तरले पराजित गर्दै भुसाल मेयरमा विजयी भएका हुन् । भुसालले १८ हजार ६ सय ८ मत र पोखरेलले १८ हजार ३ सय ४ मत पाएका छन् ।
त्यस्तै कावासोती नगरपालिकाको उपमेयरमा नेकपा एमालेकै फूलकुमारी थनेत विजयी भएकी छन् । थनेतले नेकपा (माओवादी केन्द्र) का उमेदवार पतिराम थारुलाई ५ हजार चार सय ६३ मतान्तरले पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन । थनेतले १९ हजार २४ मत ल्याएकी छन् ।
नेकपा एमाले कावासोती नगरपालिकाका १७ वडाहरु मध्ये वडा नं १, ३, ४, ५, ६, ७, ८, १०, १२, १३, १४ र १७ मा विजयी भएको छ भने नेपाली काँग्रेसले वडा नं २, ९, ११, १५ मा जित हासिल गरेको छ । त्यस्तै वडा नं १६ नेकपा (माओवादी केन्द्र) ले जितेको छ ।
यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेले ९ वडामा जित हासिल गरेको थियो भने नेपाली कांग्रेसले ८ वडा जितेको थियो ।
कावासोती नगरपालिकामा नेपाली कांग्रेस , नेकपा (माओवादी केन्द्र) र नेकपा समाजवादीले गठबन्धन बनाई चुनावी मैदानमा उत्रिएका थिए ।
नवलपुर (पूर्वी नवलपरासी)
प्रतिक्रिया