पर्वतको बिहादीमा कांग्रेसका गुरुङ विजयी

पर्वत । पर्वतको बिहादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रविण गुरुङ विजयी भएका छन् । गुरुङ ३ हजार ४ सय ६९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ओमप्रसाद कुँवरले २ हजार ९ सय ३७ मत ल्याए ।

गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेकी उम्मेदवार मीना शर्मा तिवारीले ३ हजार २ सय २७ मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादीका सन्तवहादुर गुरुङले ३ हजार ५० मत ल्याए । यसरी पर्वतमा सबै पालिकाको नतिजा आएको छ । कुल सात पालिकामध्ये प्रमुखमा नेपाली काँग्रेसले पाँच र नेकपा एमालेले दुईमा जित हाँसिल गरेको छ ।

प्रतिक्रिया