डोटीमा सबै स्थानीय तहको नतिजा : कांग्रेस पहिलाे, एमाले दाेश्राे

डोटी । डोटीमा स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक भइसकेको छ । यसपालीको स्थानीय तहको निर्वाचनमा जिल्लामा नेपाली कांग्रेसको बर्चस्व रहेको छ । जिल्लाका नौवटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले सात तहमा भारिमतले जित हात पारेको छ भने बाँकी दुई पालिकामा झिनो मतले पराजित भएको छ ।

नेपाली कांग्रेसले जितेका पालिका तथा प्रमुख, उपप्रमुख

दिपायल सिलगढी नगरपालिका– प्रमुखः बाजिसिं खड्का ‘बिजय’ उपप्रमुखः कल्पना साउद

शिखर नगरपालिका– प्रमुखः दीर्घबहादुर बलायर उपप्रमुखः सुनिता रावल

पूर्बीचौकी गाउँपालिका– अध्यक्षः रामप्रसाद उपाध्याय उपाध्यक्षः पशुपतिदेवी खड्का

बडीकेदार गाउँपालिका– अध्यक्षः भैरबबहादुर साउद उपाध्यक्षः डम्मरी कुमारी बिष्ट

आदर्श गाउँपालिका– अध्यक्षः गणेशबहादुर खड्का उपाध्यक्षः लक्ष्मी रोकाय

सायल गाउँपालिका– अध्यक्षः धर्मराज जोशी उपाध्यक्षः निर्मला बोहरा ओली

केआईसिंह गाउँपालिका– अध्यक्षः लोकेन्द्रबहादुर शाही उपाध्यक्षः मिनादेवी बिष्ट

नेकपा एमालेले जितेको पालिका तथा प्रमुख, उपप्रमुख

जोरायल गाउँपालिका– अध्यक्षः दुर्गादत्त ओझा उपाध्यक्षः जमुना बोहरा

नेकपा माओवादी केन्द्रले जितेको पालिका तथा प्रमुख

बोगटान फुड्सिल गाउँपालिका– अध्यक्षः कमल गड्सिला उपाध्यक्षः बिष्ना देउवा बम (नेपाली कांग्रेस)

प्रतिक्रिया