बैतडी । बैतडीका १० वटै पालिकाको मत परिणाम सार्वजनिक भएको छ । १ नगरपालिका सहित ४ पालिकामा नेकपा एमाले विजयी भएको छ, भने २ नगरपालिका सहित ४ पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । एक पालिकामा माओवादी केन्द्र विजयी भएको छ भने एक मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
नेपाली कांग्रेसले पाटन नगरपालिका, पुर्चाैडी नगरपालिका शिवनाथ र सिगास गाउँपालिकामा विजयी भएको हो । नेकपा एमाले दशरथचन्द नगरपालिका, पञ्चेश्वर, दोगाडाकेदार र सुर्नया गाउँपालिकामा प्रमुख पदमा विजयी भएको हो ।नेकपा माओवादी केन्द्र मेलौली नगरपालिकामा विजयी भएको हो । डिलाशैनि गाउँपालिकामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् ।
पाटनमा नेपाली कांग्रेसका गौरी सिंह रावल प्रमुखमा विजयी भएका छन् । उपप्रमुखमा कमल बोहरा विजयी भए । पाटनमा कांग्रेस र माओवादी गठबन्धन थियो ।
पुर्चाैडी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दीपक बम प्रमुखमा र कांग्रेसकै मीना धानुक विजयी भएकी छिन् ।
शिवनाथ गाउँपालिकामा नेपाली कांग्रेसका कर्ण सिह साउँद विजयी भएका हुन् भने उपाध्यक्षमा एमालेकी सकुन्तोला साउँद विजयी भएकी हुन् ।
सिगास गाउँपालिकामा नेपाली कांग्रेसका हरी सिह धामी विजयी भएका हुन् भने उपाध्यक्षमा एमालेकी धाना धामी विजयी भएकी हुन् ।
जिल्लाको दशरथचन्द नगरपालिकामा नेकपा एमालेका पुस्करराज जोशी र कांग्रेसकी कौसीला चन्द विजयी भएका छन् ।
पञ्चेश्वर गाउँपालिकामा नेकपा एमालेका निवर्तमान पालिका प्रमुखसमेत रहेका अध्यक्षमा गोरख बहादुर चन्द र उपाध्यक्षमा बीना भट्ट पुनः निर्वाचीत भएका छन् ।
दोगाडाकेदार गाउँपालिकामा पनि एमालेका निवर्तमान पालिका प्रमुख समेत रहेका अध्यक्षमा चक्र कार्की र उपाध्यक्षमा पार्वती ऐर कार्की पुनः विजयी भएका छन् ।
सुर्नया गाउँपालिकामा नेकपा एमालेका अम्मर कुवँर विजयी भए । उपाध्यक्षमा कांग्रेसकी मञ्जु बोहरा विजयी भएका छन् ।
यसैगरी जिल्लाको मेलौली नगरपालिकामा नेकपा माओवादी केन्द्रका भिम बहादुर चन्द (भुकम्प) विजयी भएका छन् । उप प्रमुखमा भने कांग्रेसबाट पार्वती बोहरा बिष्ट वियजी भएका छन् ।
यस्तै डिलाशैनि गाउँपालिकामा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशी विजयी भएका छन् । डिलाशैनी गाउँपालिकामा उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार भागीरथ बोहरा विजयी भएका छन् ।
प्रतिक्रिया