मुगुका कांग्रेस सभापति शाही सवार गाडी दुर्घटना

मुगु । नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाही सवार गाडी दुर्घटनामा परेको छ । मुगु प्रहरीले दिएको जानकारी अनुसार शाही सवार गाडी सोरु गाउँपालिका ६ बन्जाहामा दुर्घटना भएको हो ।

लु१ज १७७२ नम्बरको गाडी दुर्घटना भएकोमा चार जना घाइते भएका छन् । गाडीमा सवार सोवेन्द्र मल्ल, सुवर्ण शाही, कुबेर शाही र राजेन्द्र शाहिलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

सभापति शाहीको अवस्था भने सामान्य रहेको छ । गाडी सडकमै पल्टिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया