जयपृथ्वी नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार बजाल र सिंह विजयी

बझाङ । बझाङ जिलाको जयपृथ्वी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् । बुधबार बिहान सम्पन्न मतगणनामा नगरप्रमुखमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चेतराज बजाल विजयी भएका भने उपप्रमुखमा रतन सिंह विजयी भएका छन् ।

नगरप्रमुखका उम्मेदवार बजाल ४ हजार ९ सय ७० मतका साथ मेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुरतबहादुर सिंहले ३ हजार ४ सय ९९ मत पाएका छन् ।

त्यस्तै, राप्रपाका मेयर उम्मेदवार कर्णबहादुर खड्काले ४३ मत पाएका छन् । नगर उपप्रमुखमा नेकपा माओवादी केन्द्रबाट गठबन्धनकै उम्मेदवार रतन सिंह विजयी भएका छन् ।

सिंहले ४ हजार ६२७ मतका साथ उपमेयरमा विजयी भएका हुन् । उनकी निटकतम प्रतिद्वन्द्वी एमालेकी जमुना चन्दले ३ हजार ३ सय ९१ मत ल्याइन् । यस्तै नगरपालिकाको ११ वटा वडामध्ये वडाअध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले २ वडामा विजयी हासिल गरेको छ भने एमालेले ३ वडामा विजयी भएको छ ।

त्यस्तै नेपाली कांग्रेस २ वडामा विजयी भएको छ । त्यस्तै एकिकृत समाजवादी पार्टीले २ वडामा विजयी भएको छ । स्वतन्त्र उम्मेदवार २ वडामा विजयी भएको छ ।

प्रतिक्रिया