बुटवलमा पाण्डेय र भट्टराईबीच ४४४६ मतकाे अन्तर

बुटवल । बुटवल उपमहानगरपालिकामा २७,३४४ मतगणना हुँदा मेयरमा कांग्रेस उम्मेदवार खेलराज पाण्डेयले १३,४१८ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका बाबुराम भट्टराईले ८९७२ मत पाएका छन् । पाण्डेय र भट्टराईबीच मतान्तर ४४४६ मतान्तर छ ।

राप्रपा उम्मेदवार मृगेन्द्रकुमार शेरचनले २३७४ मत ल्याएका छन् ।
उपमेयरमा भने एमाले उम्मेदवारले फराकिलो मतान्तर कायम राखेकी छन् । एमालेकी सावित्रा देवी अर्यालले ९९७८ मत पाएकी छन् भने सत्ता गठबन्धनका उम्मेदवार चिनबहादुर गुरूङले ७२७७ मत ल्याएका छन् । राप्रपाकी भगवती पाण्डेले ३३०७ मत ल्याएकी छन् । बुटवल उपमहानगरपालिकामा २७,३४४ मतगणना भइसकेको छ।

प्रतिक्रिया