काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी मेयर उमेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी दोस्रोपटक मेयर चुनिएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार अधिकारीले १० हजार ३४० मत प्राप्त गरे । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी थापाले १० हजार १६६ मत ल्याइन् ।
रजनीले सुरुवातदेखि अग्रता लिएपनि अन्ततः पराजित हुन पुगिन् ।
उपप्रमुखमा भने कांग्रेसका मुरारी तामाङ १० हजार १३२ मतसहित निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी ज्ञानमाया डंगोलले ९ हजार ५१८ मत प्राप्त गरिन् ।
प्रतिक्रिया