बाजुरा । बाजुराको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकामा एमालेका उम्मेदवार अमर खड्का मेयर बनेका छन् । खड्का केही वर्ष अघिसम्म काठमाडौको दृष्टी साप्ताहिकमा काम गर्थे ।
यस्तै उपमेयर जितेकी नन्दा थापा पनि पत्रकार हुन । उनी उप मेयरको उम्मेदवार हुनु अघिसम्म पनि सक्रिय पत्रकारितामा थिइन । खड्का र थापाको टिमले ०७४ सालको चुनावमा काँग्रेसले जितेको बढीमालिकामा एमालेलाई जिताएको हो । कांग्रेसबाट मेयरका उम्मेदवार बनेका धनराज पण्डित पनि पत्रकारिता गरेरै राजनीतिमा आएका हुन् ।
प्रतिक्रिया