हेटौंडा उपमहानगरमा राप्रपा अगाडि

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । २२ हजार ८५० मतगणना हुँदा राप्रपाका दीपकबहादुर सिंहले अग्रता लिएका छन् । उनले ८ हजार २ सय ६७ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ८ हजार ६७ मत प्राप्त गरेकी छन् । पछिल्लो मतगणनामा गठबन्धलाई २ सय मतले पछि पार्दै राप्रपा अगाडि बढेको छ । तेस्रोमा एमालेका उम्मेदवार अनन्त पौडेल छन् ।

उनले ६ हजार ५ सय २१ मत प्राप्त गरेका छन् । हेटौंडामा मतगणनाको सुरुवातदेखि नै कहिले गठबन्धन त कहिले राप्रपा अगाडि आउने क्रम चलिरहेको छ ।

त्यस्तै, उपमेयरमा गठबन्धनका उम्मेदवार राजेश बानियाँले ११ हजार ७ सय ९१ मत प्राप्त गरेका छन् । एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ८ हजार ३३ मत पाएकी छन् ।

प्रतिक्रिया