पोखरामा ८ हजार ५ सय ६३ मत ल्याएर आचार्यकाे अग्रता कायमै

पोखरा । पोखरा महानगरमा लगातार मतान्तर बढ्दै गएको छ । गठबन्धनका मेयर उपमेयर दुबैमा लगातार अग्रता कायम गरेका छन् । गठबन्धनका मेयर धनराज आचार्यले ८ हजार ५ सय ६३ मत ल्याएर अग्रता लिँदा एमालेका कृष्ण थापाले ७ हजार २ सय ७८ मत सहित पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ५ सय २६ मत पाए ।

उपमेयरमा पनि गठबन्धन उम्मेदवार कोपिला रानाभाटले करिब ६ सय मतान्तरले लिड गरिरहेकी छिन् । कोपिलाले ८ हजार ८ सय ७६ मत पाउँदा एमालेकी मन्जुदेवी गुरुङले ८ हजार २ सय ७१ मत पाएकी छिन् । हालसम्म ६ वडाको नतिजा आइसकेको छ । ५ मा कांग्रेस र एउटामा एमाले विजयी भएको छ ।

प्रतिक्रिया