बैतडी । डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशी विजयी भएका छन् । जोशीले सत्ता गठबन्धनका उम्मेदवार लोकेन्द्र राना ‘शितल’लाई ५२१ मतले पछि पात्रै जित हासिल गरेका हुन् । गाउँपालिकाको उपाध्यक्षमा भने बाम लोकतान्त्रीक गठबन्धनमा उम्मेदवार भगीरथ बोहरा विजयी भएका छन् । अध्यक्षमा सन्तोषले ३ हजार १ सय ८९ मत ल्याई विजयी हुदाँ माओवादी केन्द्रका रानाले २ सय ६४१ मात्रै ल्याएका छन् ।
उपाध्यक्षमा बोहराले ३हजार ८७३ मत ल्याउदा एमाले उम्मेदवार लिलावति जोशीले २हजार ७७९ मत ल्याएकी छन् । यस्तै वडा न. ७ मा समेत स्वतन्त्र उम्मेदवार प्रकाश भट्ट प्यानल सहित विजयी भएका छन् ।
यो सँगै वडा ४, ५ र ७ मा स्वतन्त्र उम्मेदवारहरु प्यानल सहित विजयी भएका छन् । वडा न. ४ मा स्वतन्त्र उम्मेदवार हरी पन्त, वडा न. ५ मा स्वतन्त्र उम्मेदवार यज्ञ भट्ट यसअघि नै प्यानल सहित विजयी भैसकेका थिए । डिलाशैनीको १ र ६ मा कांग्रेस, २ र ३ मा एमालेले जित हात पारेका छन् ।
प्रतिक्रिया