काठमाडाैं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा फेरि एमालेले अग्रता बढाएको छ । शुरुआती अग्रता लिएका एमालेका मिठाराम अधिकारी बीचमा पछि परेका थिए । मेयरका एमाले उम्मेदवार अधिकारी ४ हजार ७३८ मतसहित अग्रस्थानमा छन् । सोमवार साँझम्मको नतिजाअनुसार नेपाली कांग्रेसका विनोद चालिसे ४ हजार ५८७ मतसहित दोस्रो स्थानमा छन् । नेकपा एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठले १ हजार ६३६ मत पाएका छन् ।
उपमेयरमा पनि एमालेकी अनिता लामा ५ हजार २४२ मतसहित अग्रस्थानमा छन् । कांग्रेसकी रमिला वाग्ले ५ हजार ५२ मतसहित दोस्रो स्थानमा छिन् ।
प्रतिक्रिया