धनगढीमा गोपाल हमालले मतान्तर फराकिलो बनाउँदै

धनगढी । धनगढी उपमहानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । सुरुवातदेखि अग्रता लिएका हमालले मतान्तर फराकिलो बनाउँदै गएका हुन् ।

अहिलेसम्म धनगढीमा १० हजार ३ सय २९ मतगणना गर्दा हमालले ४ हजार ५ सय ३८ मत प्राप्त गरेका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले २ हजार ४ सय २८ र नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले १ हजार १ सय ४० मत प्राप्त गरेका छन् ।

हमाल र उनका निकटतम प्रतिद्धन्दी वडबीच २ हजार १ सय १० मतको अन्तर रहेको छ । उपप्रमुखमा सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) की शान्ति अधिकारीले अग्रता कायमै राखेकी छन् ।

अधिकारीले २ हजार १ सय ३८, नेकपा एमालेकी कन्दकला रानाले १ हजार ९ सय ३८ मत प्राप्त गरेकी छन भने स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार २ सय ५६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया