धनगढी । कैलालीको चुरे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका चक्रबहादुर बोगटी विजयी भएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का लोक बहादुर सारुमगरलाई झिनो मतले पराजित गर्दै बोगटी विजयी भएका हुन ।
बोगटीले ३ हजार ३ सय ५ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्दी सारुमगरले ३ हजार २ सय ८१ मत प्राप्त गरेका छन् । त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी धनादेवी थापा विजयी भएकी छन् । थापाले ३ हजार ४ सय ४९ मत प्राप्त गरेकी छन् भने उनकी निकटतम प्रतिद्धन्दी नेकपा एमालेकी दीपादेवी साउँदले ३ हजार १ सय २१ मत प्राप्त गरेकी छन् ।
कैलाली
प्रतिक्रिया