काठमाडौं । अछामको कमलबजार नगरपालिकको प्रमुखमा नेपाली कांग्रेसले जित हात पारेको छ । नेपाली कांग्रेसका उम्मेदवार यज्ञप्रसाद ढकाल ४ हजार २ सय ८८ मत ल्याएर प्रमुख पदमा विजयी भए । ढकालका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कटकबहादुर साउदले ४ हजार ६४ मत ल्याए ।
उपमेयरमा नेकपा एमालेकी शारदाकुमार बिष्टले जित हात पारिन् । विष्टले ४ हजार ५२८ मत ल्याएर उपमेयरमा जित हात पारेकी हुन् ।
उनले नेपाली कांग्रेसकी गौरी भण्डारीलाई पराजित गर्दै उपमेयरमा जित हात पारेकी हुन् । भण्डारीले ३ हजार ६४८ मत ल्याइन् ।
प्रतिक्रिया