बौदीकाली गाउँपालिकाको अध्यक्षमा एमालेका ओझा विजयी

नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा विजयी भएका छन् ।
ओझा आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका केवी रानालाई ४३५ मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।

एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका ओझाले ३ हजार ९ सय ७६ मत पाउँदा कांग्रेसका उमेदवार रानाले ३ हजार ५ सय ४१ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा नेकपा एमालेकै डिलकुमारी सारुमगर विजयी भएकी छन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी धनकान्ती घिमिरेलाई ४ सय ५६ मतान्तरले पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएकी हुन् । सारुमगरले ३ हजार ९ सय ६२ मत पाइन् भने घिमिरेले ३ हजार ५ सय ६ मत ल्याएकी छन् ।

प्रेम न्याैपाने

नवलपुर (पूर्वी नवलपरासी)

प्रतिक्रिया