बझाङमा साइपाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

चैनपुर । बझाङको साइपाल गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पद जितेको छ । अध्यक्षमा विजयी एमालेका मानबहादुर बोहरा ६७५ ल्याएका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर बोहराले ६१३ मत ल्याए । त्यस्तै, उपाध्यक्षमा एमालेकी डोल्मा तामाङ ६७५ मत ल्याएर विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत ल्याइन् ।

वडातर्फ १ मा एमालेका नरेन्द्र धामी प्यानलसहित विजयी भएका छन् । वडा नम्बर २ मा गठबन्धनबाट कांग्रेसका हरिलाल बोहरा विजयी भएका छन् ।

वडा नम्बर ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी भएका छन् । वडा नम्बर ४ मा गठबन्धनबाट कांग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन् भने वडा नम्बर ५ मा एमालेका जयपाल बोहरा प्यानलसहित विजयी भएका छन् ।

प्रतिक्रिया