हेटौंडा उपमहानगरमा एकीकृत समाजवादी अगाडि, एमाले दाेश्राे स्थानमा

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको प्रमुख पदका लागि भएको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार मीना कुमारी लामाले अग्रता कायम गरेकी छिन् । कुल १ हजार २५० मत गणना गर्दा उनले ३८८ मत प्राप्त गरेका हुन् ।

यस्तै, नेकपा एमालेबाट प्रमुख पदका उम्मेदवार अन्नत प्रसाद पौडेलले ३७० मत प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिपक बहादुर सिंहले ३४२ मत प्राप्त गरेका छन् । यस्तै उपमहानगर उपप्रमुखमा नेपाली कांग्रेसका राजेश बानियाले ५७५ मत, एमालेबाट सुमित्रा काफ्लेले ४९५ मत र राप्रपाबाट इन्दिरा न्यौपानेले ८८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया