नवलपुर । नवलपुरको बुलिङटार गाउँपालिका– १ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दिलबहादुर सूर्यवंशी विजयी भएका छन् ।
आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खेमबहादुर डिसुवामगरलाई १७२ मतान्तरले पराजित गर्दै सूर्यवंशी अध्यक्षमा विजयी भएका हुन् । वडाध्यक्ष पदमा निर्वाचित कांग्रेसका सूर्यवंशीले ७७३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका डिसुवामगरले ६०१ मत ल्याएका छन् ।
सूर्यवंशीसँगै नेपाली कांग्रेसबाट महिला वडा सदस्यमा कमला अस्लामी मगरले ७३१, दलित महिला सदस्यमा थामिसरा विकले ७४४, खुल्ला सदस्यमा कान्ता बहादुर आलेले ७३० र लालबहादुर गरञ्जा मगरले ७३८ मत ल्याई निर्वाचित भएका छन् ।
यसैगरी नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार शशीकिरण बस्ताकोटीले सो वडाबाट ६४४ मत प्राप्त गरेका छन् भने एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका दिपेन्द्र सुनारी मगरले ७४४ प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार दिलमाया राना मगरले ७३६ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेबाट उपाध्यक्ष पदका उम्मेदवार कोपिला खण्डलुक मगरले ६१७ प्राप्त गरेकी छन् । नेपाली कांग्रेसबाट अध्यक्ष पदका उमेदवार रहेका बस्ताकोटी बुलिङटार गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत हुन् ।
नवलपुर (पूर्वी नवलपरासी)
प्रतिक्रिया