काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाको शुरुआती अग्रता

काठमाडाैं । काठमाडौंको शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुरुआती अग्रता लिएको छ । मेयरमा राप्रपाका रमेश नापित २८१ मतसहित अग्रस्थानमा छन् । २७० मतसहित एमालेका कृष्णलाल बजगाई दोस्रो स्थानमा छन् । नेकपा एसका लक्ष्मीप्रसाद श्रेष्ठ २३० मतसहित तेस्रो स्थानमा छन् भने माओवादीका मधु केसीले ११४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा कांग्रेसकी समिता श्रेष्ठ ३३१ मतसहित पहिलो, २०६ मतसहित एमालेकी लक्ष्मी केसी दोस्रो र २०४ मतसहित राप्रपाकी विजयीकुमारी बाइवा तेस्रो स्थानमा छिन् । यो क्षेत्र नेकपा एसका अध्यक्ष माधव नेपालको चुनावी क्षेत्र पनि हो । २०७४ सालमा यो नगरपालिकाका केही वडामा राप्रपा विजयी भएको थियो ।

प्रतिक्रिया