काभ्रेमा एक मतदाताले परिवारकै अर्का मतदाताको मत हाल्दा विवाद

काठमाडौं । काभ्रेको चौंरीदेउराली गाउँपालिकामा मतदानको क्रममा विवाद उत्पन्‍न भएको छ । विवाद भएपछि अहिले सर्वदलीय बैठक बसिरहेको काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।

उनका अनुसार बैठकबाट विवाद निरुपण हुने र त्यसपछि निर्वाचन हुने जानकारी दिए ।

‘अघि एकछिन विवाद भयो, त्यस्तो केही भएन, अहिले सर्वदीय बैठक बसिरहेको छ । केहीबेरदेखि फेरि मतदान हुन्छ,’ उनले भने । एक जना मतदाताले परिवारकै अर्का मतदाताको मत हालेपछि विवाद भएको हो ।

प्रतिक्रिया