काठमाडौं । देशका विभिन्न भागमा आज पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रहनेछ । अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति प्रदेश–१ मा सामान्य बदली र देशका अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१ का केही स्थानमा र वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
हाल नेपालमा दक्षिण बंगालको खाडीमा विकसित भएको ‘असानी’को प्रभाव रहेको छ । यद्यपि, यो केही कमजोर भइसकेको छ । यो प्रणालीको आंशिक प्रभाव मात्र नेपालमा परेको छ ।
पहाडी जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, कास्की, बाग्लुङ, पर्वत, तनहुँ, रसुवा, सिन्धुपाल्चोकलगायत जिल्लामा पानी पर्ने देखिएको वरिष्ठ मौसमविद् बरुण पौडेलले बताएका छन् । यद्यपि, मनुसन सिजन सुरु नभइसकेका कारण बिहानदेखि बेलुकासम्म भने पानी पर्ने छैन । आधा घण्टा एक घण्टामै रोकिने प्रकृतिको पानी पर्ने उनको भनाइ छ ।
देशभरका स्थानीय तहका विपद व्यवस्थापन कोष र विभागहरूलाई पानी परेको खण्डमा मतपेटीकालगायत निर्वाचन सामाग्री सुरक्षित गर्न त्रिपाललगायत सामाग्रीहरू उपलब्ध गराउन निर्वाचन आयोगले निर्देशन दिएको छ । यसका लागि आयोेगले स्थानीय प्रशासन र सुरक्षा निकायलाई भनिसकेको छ । निर्वाचन सामग्री पानीबाट सुरक्षित राख्न खुला ठाउँमा राखिएका मतदान केन्द्रमा अनिवार्य त्रिपालको व्यवस्था गर्न आयोगले निर्देशन दिइसकेको छ ।
मौसम विश्लेषण (Meteorological Analysis) आगामी तीन दिनको मौसम पूर्वानुमान
हाल देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी र प्रदेश १ का एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
२०७९ वैशाख ३० गते (शुक्रवार)
दिउँसो : प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश नं १ मा सामान्य बदली र देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ का केही स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।
२०७९ वैशाख ३१ गते (शनिवार)
दिउँसो : प्रदेश नं १, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भुभागका थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश नं १ लगायत देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेश प्रदेश तथा बाग्मती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।
२०७९ जेठ १ गते (आइतवार)
दिउँसो : प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी र बागमती प्रदेशका केही स्थानहरुमा साथै कर्णाली प्रदेश र सुदुरपश्चिमी प्रदेशका पहाडी भुभागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेश र सुदुरपश्चिमी प्रदेशका पहाडी भुभागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।
प्रतिक्रिया