देउसी भैलोको रकम सामाजिक काममा

जाजरकोट, ६ मंसिर । जाजरकोट जिल्लाको पुन्मा–३ का महिलाहरुले तिहारमा देउसीभैलो खेलेर संकलित रकम सामाजिक काममा खर्च गर्ने निर्णय गरेका छन् ।
देउसी भैलो कार्यक्रमबाट संकलित पाँच हजार रुपियाँ उनीहरुले सामाजिक काममा लगाउने निर्णय गरेको स्थानीय विजाया पुनले जानकारी दिईन ।
सदरमुकामसँगै रहे पनि यातायात सुविधा नपुगेको पुन्मामा महिलाहरुले बिरामी बोक्ने स्टेचर किन्ने योजना बनाएका हुन् ।
गाउँमा बिरामी पर्दा स्वास्थ्य संस्थासम्म पुराउन समस्या हुने भएकाले स्टेचर किन्ने निर्णय गरिएको पुनको भनाई छ । उनले बाँकी रहेको रकम गाउँकै कालिका मन्दिर व्यवस्थापनमा खर्च गर्ने बताईन् । सौर्य

प्रतिक्रिया