छिपहरमाई गाउँपालिका अध्यक्ष गुप्ताले गरे सरकारी गाडी फिर्ता

पर्सा । छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन ।

अध्यक्ष गुप्ताले प्रयोग गर्दै आएको बा २ झ ३५६९ नम्बरको स्कार्पियो गाडी गाउँपालिका कार्यालयलाई फिर्ता गरेका हुन् । बुधबार गुप्ताले गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शम्भु साहलाई गाडीको साँचो हस्तान्तरण गरेका हुन् ।

आफूले नैतिकताको आधारमा चुनाव प्रचार प्रसारमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले गाडी बुझाएको अध्यक्ष गुप्ताले बताए ।

प्रतिक्रिया